महेन्द्रनगर । बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका छन् ।
सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् ।
बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरे काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका छन् ।
काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यसबारे छलफल भइसकेको स्रोतले जनाएको छ । दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा छन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा नदिएको अवस्थामा सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने गरी संसदीय दलमा छलफल भएको नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले जनाए ।