१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ

महेन्द्रनगर । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। 

चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको भन्ने खबर प्रहरीले पाएको थियो । 

खबर पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।

ताजा समाचार