लोकतान्त्रिक आदिवासी जनजाती समिति बेदकोटको अध्यक्षमा राना

महेन्द्रनगर । लोकतान्त्रिक आदिवासी जनजाती समिति बेदकोट नगरपालिकाको अध्यक्षमा रामदास राना चयन भएका छन् ।

सतितिको सोमबार सम्पन्न भेलाले अध्यक्षमा रानालाई चयन गरेको हो । उक्त भेलाबाट उपाध्यक्षमा शिबा राना,सचिवमा राजेश डगौँरा,सह–सचिवमा नन्दकली राना,कोषाध्यक्षमा शुक्कर डगौँरा चयन भएका छन् ।

यस्तै सदस्यमा राम बहादुर राना,दुखीराम डगौँरा,अञ्जली राना,कालुराम डगौँरा,बिर ब.डगौँरा,प्रेम डगौँरा,प्रकाश डगौँरा,गजेन्द्र डगौँरा,दशरथ डगौँरा बि बहादुर चौधरी, शुकु राम डगौँरा र कुबेर डगौँरा चयन भएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाती समितिले निरन्तर आदिवासी जनजातीको हक अधिकारका पक्षमा काम गर्दै आएको छ ।

ताजा समाचार