प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट पल्लब राज भट्ट चुनावी मैदानमा होमिएका 

महेन्द्रनगर  ।  आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट पल्लब राज भट्ट चुनावी मैदानमा होमिएका छन् । एमालेको जनलहर देखेर त्रसित मानसिकता बनाएका सत्तारुढ दलका नेता गठवन्धनका साथ अघि बढेका छन् ।

यतिबेला आफ्ना स्थानीय, राष्ट्रिय एजेण्डा लिएर भट्ट पार्टीपंतिका साथ जनतामाँझमा गईरहेका छन । बेलौरीका स्थानीय समेत रहेका पल्लवराज भट्ट परिचित अनुहार हुन । विषेश गरेर भट्ट समाजिक, राजनीतिक एव राष्ट्रवादी छवी बनाएका नेताकै रुपमा चिनिने गर्छन् । उनले पार्टीभित्र र बाहिर राम्रो जनसम्पर्क बनाएका छन ।

पञ्जायती व्यवस्था बिरुद्धमा किशोरा अवस्थादेखि नै स्कुले जिवनबाटै राजनीतिमा होमिएका भट्टको थुप्रै राजनीतिक संघर्ष रहेको पाईन्छ । सीमा सुरक्षाका लागि अढाई दशकदेखि निरन्तर संघर्ष गर्दै आएका सीमा रक्षक पल्लवराज भट्ट कञ्चनपुर क्षेत्र नं।१ “ख”बाट प्रदेश सभा चुनावी मैदानमा छन् ।

राजनीतिक यात्रासंगै भट्टले विशेष गरेर केहि नेताहरुले बेलडाँडी भन्ने नामोनिसान मेटाउन लागेका बेला बेलडाँडीको अस्थित्व जोगाउन ठुलो भूमिका खेलका हुन् । राजनिकि स्वार्थका निम्ति केहि विपक्ष दलका नेताहरुले बेलडाँडीलाई बेलौरीका केहि वडा बनाउने सोचका साथ बेलडाँडीका जनताहरुलाई आपसमा लडाउने कार्य गरेको र बेलौरी सर्वदलिय निर्णयमा बेलडाँडीलाई बेलौरीमा ल्याउनु पर्छ भन्ने दवाव लाई अस्वीकार गर्दै बेलौरीमा नल्याउने निर्णय भट्टले गरेका थिए ।

भट्टको यस्तो निर्णयको बेलडाँडी बासीहरुलाई उस्काएर भट्टलाई बेलडाँडी प्रवेश निशेध गरिएको थियो । भट्टले बेलडाँडी छुट्टै स्थानीय तह हुनुपर्छ भन्दै आवाज उठादा उनी प्रति आक्रमण गर्ने प्रसाय नभएको होइन ।

केहि घण्टा उनलाई निर्णय गर्दागर्दै बेलौरी नगरपालिकाको हलमा ती सडयन्त्रकारी नेताले आफ्ना गुण्डा परिचालन गरेर भट्टलाई थुनेको एमालेका नेताहरु बताउछन् । भट्टले बेलडाँडी बासीहरुको हितमा बोल्दै नडक्मगाई निरन्तर सडयन्त्रकारी नेताहरुको भण्डाफोर गर्दै आएका थिए ।

त्यति बेला नेता भट्टले यो अडान नलिएको भए आज बेलडाँडी भन्ने शब्द इतिहास थियो भन्ने मात्र सुनिने थियो । जसरी अहिले रामपुर विलासीपुर, श्रीपुर, लक्ष्मीपुर भन्ने शब्द इतिहास बनेको छ ।

भट्ट भन्छन् ” मलाई यही विषमा बेलडाँडी प्रवेश गर्न निशेध गरिएको थियो के मैले बेलडाँडी छुट्टै स्थानीय तह हुनुपर्छ भनेर गल्ती गरेको हो त” यो जनताले मुल्याङ्कन गर्ने कुरा भएको बताए ।

भट्ट भारतीय पक्षबाट कञ्चनपुर लगायत देशभरीका अन्य क्षेत्रमा हुने अतिक्रमण, हस्तक्षेप एव राष्ट्रिय बिरोधी गतिबिधीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संघर्ष गर्दै आएका छन ।

नेपाल–भारतविच० ०५१ मा भएको महाकाली सन्धी पछि भारतीय पक्षबाट नेपालको सीमा बिरुद्धमा हुने हरेक गतिबिधी बिरुद्धमा निरन्तर अहिलेसम्म आवाज उठाउँदै आएका छन । भट्ट अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक समेत रहेका छन ।

उनले सीमा सुरक्षाका लागि जिल्लादेखि केन्द्रसम्म निरन्तर संघर्ष गर्दै आएका छन । भट्ट नेतृत्वकै संघर्षका कारण भारतीय पक्षले अनाधिकृत रुपमा नेपाली भूमि अतिक्रमण गर्नबाट पछि परेको छ ।

एमाले कञ्चनपुरका सचिव समेत रहेका भट्टले आफ्नो क्षेत्रको दिगो विकास र सम्बृद्धिका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन । भट्टको निर्वाचन क्षेत्र१९ख० सीमा विवादका थुप्रै समस्या छन । तर जिम्मेबारी नहुँदादेखि अहिलेसम्म उनी निरन्तर सीमा सुरक्षाका लागि संघर्षमै छन ।

०५७ तिर भारतीय पक्षले पुर्णागिरी–कौवानी क्षेत्रमा महाकाली नदीमा एकतर्फ रुपमा बाँध निर्माण गर्न खोज्दा भट्ट युवा संघ कञ्चनपुरको नेतृत्व गर्दै त्यसको बिरोध गरेका थिए ।

उनले युवा संघको केन्द्रीय नेतृत्वको टोलीसंगै भारतीय पक्षले महाकाली नदी थुनेर बाँध निर्माण गर्ने योजना निर्माण समाग्री खोसेर नदीमा बगाएपछि भारतीय पक्ष निर्माणबाट पछि हट्यो । तत्तकालिन सरकारले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा ०५२ सालमा जिल्लाका विभिन्न स्थानबाट नागरिकलाई विस्थापित गरेको थियो ।

आरक्षपीडितको पुर्नस्थापनाका लागि भट्टले आरक्षपीडित संघर्ष समितिको सचिव भएर केही पीडितको हक अधिकारका लागि संघर्ष गर्दै जमिन दिलाएका थिए । भट्ट आफै आरक्षपीडित भएकाले अहिले पुर्नस्थापना हुन बाँकी रहेका आरक्षपीडितको पक्षमा निरन्तर पहल गर्दै आएका छन ।

भट्टले जनयुद्धका बेला मानव अधिकारका क्षेत्रमा समेत काम गरेका थिए । ०६२र०६३ मा राजतन्त्र अन्त्य, गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनमा घाईते, अपाङ्ग र मृत्यु भएका मानिसको मानव अधिकारका लागि काम गरेका थिए ।

विकासबाट उपेक्षित भएको दक्षिणी क्षेत्रको विकासका लागि भट्टले दक्षिणी क्षेत्र बचाउ समितिको नेतृत्व गर्दै साझा समस्या समाधानका लागि कटानी रोकथाम, सीमा सुरक्षा, शिक्षा, स्वास्थ्य खानेपानीको प्रबन्ध पूर्वाधार विकासका लागि सरकारी निकाय घचघच्याउँदै योजना ल्याएका थिए ।

०७६ सालमा संयुक्त सीमा सर्वे टोलीले बेलडाँडीको वैवाह–झिलमिला, बेलौरीको भुडा, सडकघाट क्षेत्र सहित पुनर्वाससम्म नेपाली भूमि भारतमा देखाएपछि भट्टले मातृभूमि रक्षाका लागि संघर्षका लागि नेतृत्व गर्दै स्थानीयदेखि केन्द्रसम्म सरकारको ध्यान केन्द्रीत गराएर नेपाली भूमि अतिक्रमणबाट जोगाएका थिए ।

भट्टले उक्त क्षेत्रका सबै राजनीतिक दलको नेतृत्व गर्दै दक्षिणी क्षेत्रको दिगो विकास, सम्बृद्धि, सुशासन, नागरिक अधिकारका लागि निरन्तर राज्यका निकायको ध्यान दक्षिणी केन्द्रीत गर्दै आएका छन । कोरोना महामारीका बेला भारतसंग जोडिएको दक्षिण क्षेत्रको सुरक्षाका लागि समेत पहल गरेका थिए ।

नेकपा सरकार हुँदा उनले हुलाकी सडक स्तरोन्नतीका लागि समेत निरन्तर संघर्ष गरेका थिए । एमाले कञ्चनपुरका प्रभावशाली नेताकै रुपमा रहेका प्रदेश सदस्यका उम्मेदवार भट्टले (कैलाली–कञ्चनपुरको) पहिलो सदरमुकाम बेलौरी बजारलाई व्यवस्थित र आधुनिक बनाउनेदेखि दक्षिणी क्षेत्रको एकिकृत दिगो विकासका एजेण्डा अघि सारेका छन ।

मुख्य गरेर सीमा समस्या समाधान गर्दै सीमा क्षेत्रमा पूर्वाधार विकास गराउने, भट्टले ५० सैयाको अस्पताल निर्माण, खेलकुद मैदान विस्तार, बेलौरी छोटीभन्सारको स्तरोन्नती, आरक्षपीडितको समस्या समाधान, कृषि आधुनिकरण गर्ने, किसानलाई औद्योगिकरण तर्फ उन्मुख गराउने, रोजगारीका कार्यक्रम गर्ने, गरिब उन्मुलन गर्ने, युवालाई उद्यमशिल बनाउने, प्राविधिक शिक्षालय स्थापना गर्ने, जमिन कटानी नियन्त्रण, सिँचाई सुविधा पु¥याउने, रोजगारी, सडक सञ्जालको विस्तार गर्ने एजेण्डा अघि सारेका छन ।

ताजा समाचार