कञ्चनपुरमा ५ लाख भन्दा बढी बिरुवा वितरण

महेन्द्रनगर । कञ्चनपुर जिल्ला भरि वन माथिको निर्भरता कम गर्नका लागि डिभिजन वन कार्यालयले बीउ बेर्नाको तयारी गर्दैछ ।

गत वर्षमा डिभिजन वन कार्यालयले ५ लाख ६० हजार बोटबिरुवाहरु उत्पादन गरी वितरण गरिएको छ।

वितरण गरिएका बिरुवाहरु किसानहरूले निजी जग्गा क्षेत्रमा वृक्षरोपण गरिएका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार उत्पादन गरिएका बिरुवामा शिसम, बास,रक्त चन्दन,अशोक, भीमाल, बडहर, बकाइनो,पारिजात मसला, सागवन,कोईरालो,किम्बु,अमला, तेजपात,साल,कल्की,पारिजात, बर्राे लगायतका बिरुवाहरु रहेका छन् ।

यसै बीच डिभिजन वन कार्यालय कञ्चनपुरले उत्पादन हुन नसकेका बोटबिरुवाहरु बाह्य क्षेत्रबाट खरीद गरी ल्याएर किसानहरुको माग अनुसार निशुल्क वितरण गरेको अवस्थीले जानकारी दिएका छन् ।

उनका अनुसार डिभिजन वन कार्यालयले किसानहरूको माग र जग्गा अनुसारले निवेदन , जग्गाको लाल पुर्जा र नागरिकताको फोटोकपी लिएर जमीनको क्षेत्रफल अनुसार लगभग एक कट्टा जमीन पुरैमा वृक्षरोपण गर्नु छ भने त्यसलाई कम्तीमा ५० बोटबिरुवाहरु निशुल्क वितरण गरिएको भनाइ रहेको छ ।

बोटबिरुवाहरु असार १५ पछि प्रत्येक दिन वितरण प्रक्रिया भइरहन्छ ।

ताजा समाचार