३५ बर्षकै उमेरमा निर्वाचित भएका विक्रम भाट (सरल)संसदीय यात्रामा

महेन्द्रनगर । मंसिर ४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन कञ्चनपुर क्षेत्र २(क) प्रदेश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल सबै भन्दा कान्छा ३५ बर्षकै उमेरमा प्रदेश संसद बनेका हुन । सरल पहिलो पटककै प्रयासमा प्रदेश सभा सदस्यको संसदीय यात्रामा सफल भएका हुन ।

सरल निर्वाचन क्षेत्र २(क)बाट निर्वाचित भएका छन । यस जिल्लाबाट ३ प्रतिनिधी र ६ प्रदेश सभा सदस्यमा निर्वाचित मध्ये सबैभन्दा कम उमेरमै संसद बनेका सरल नै हुन ।

निर्वाचन सबैभन्दा कम ३५ बर्षका सरल र सबैभन्दा बढि ६१ बर्षका बहादुर सिह थापा रहेको छन । थापा क्षेत्र २(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन । क्षेत्र १ प्रतिनिधी सभाबाट निर्वाचित तारालामा तामाङ्ग र १(क) बाट निर्वाचित बीर बहादुर थापा(पातल)को उमेर बराबरी ४९ बर्ष रहेको छ ।

क्षेत्र २ प्रतिनिधी सभा सदस्यमा निर्वाचित एनपी साउद र १ (ख)बाट निर्वाचित दिवान सिह विष्टको पनि उमेर बराबरी नै रहेको छ । साउद र विष्ट ६०÷६० बर्ष उमेरका छन । क्षेत्र ३ प्रतिनिधी सभा सदस्यमा निर्वाचित रमेश लेखक ५८, क्षेत्र ३(क) बाट निर्वाचित प्रकास बहादुर रावल ५४ र ३(ख)बाट निर्वाचित बेल बहादुर राना ५९ बर्षका छन ।

निर्वाचित भएपछि प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले क्षेत्रको दिगो विकास र सम्बृद्धिको एजेण्डा अघि सारेका छन । अहिले क्षेत्रका जनतासंग भेटघाटमा रहेका सरलले चुनावमा गरेका बाचा पुरा गर्नेदेखि विद्यमान समस्या समधानका लागि आफ्नो तहलबाट पालिका, प्रदेश र संघबाटै पहल गर्ने बचन दिईरहेका छन ।

अहिले प्रदेश सभा सदस्य निर्वाचित भएका सरलले जनताको अपेक्षा अनुरुप काम गरे भावि दिनमा क्षेत्र २ प्रति०६५ निधी सभा सदस्यकै रुपमा सम्भावित नेताका रुपमा समेत हेरिएको छ । तर, युवा सहित जनताको पक्षमा काम गरेर यस्तै गरी सफल हुने समेत आशा व्यक्त गरिएको छ ।

ताजा समाचार