दार्चुलामा भिरबाट लडेर ५० वर्षीय एक जनाको मृत्यु


महेन्द्रनगर । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। दार्चुलाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको दाउरा काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार उहाँको भिरबाट लडेर मृत्यु भएको र प्रहरी घटना स्थलतिर गएको छ। तर शनिबार प्रहरीको समूह सम्पर्कमा आएको छैन्। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

ताजा समाचार