स्कुटर दुर्घटना हुँदा २ जना घाइते

महेन्द्रनगर। धनगढीमा स्कुटर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका १३ स्थित भाटभटेनी नजिकै तीव्र गतिमा रहेको स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

धनगढी १३ का उमंग जोशी र स्कुटरपछाडी सवार उनका साथी काठमाण्डौ बस्ने २१ वर्षीय अनुराग अवस्थी घाइते हुन्।

धनगढी देखी राजपुरतर्फ जादै गरेको सुपप्र ०१००९ प ५१६३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर पल्टिएको हो।

ताजा समाचार