कैलालीमा लागुऔषधसहित दुई जना भारतिय पक्राउ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कैलालीमा लागु औषध खैरो हेरोईन सहित दुई जना पक्राउ परेका छन्। ३४ ग्राम ५१० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ता क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारतिय नम्बरको मोटर साईकलमा सवार २ जनाले ३४ ग्राम ५१० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित पक्राउ परेका हुन्।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतिय नम्बर युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा ३४ ग्राम ५१० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको हो।

पक्राउ पर्नेमा भारत लखिमपुर खिरी बेलापुरका ५० बर्षिय समिरा सिह र सोही ठाउँका ५३ बर्षिय शेर सिह रहेका छन्। चेक जाँचका क्रममा उक्त मोटर साईकलको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोईन भेटिएको हो। उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले छ।

spot_img

ताजा समाचार