गेटामा एमबीबीएस सञ्चालन गर्ने निर्णयविरुद्ध डा. केसी, खारेजीको माग गर्दै अल्टिमेटम

प्रकाशित मिति:
spot_img

धनगढी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नभएको दाबी गर्दै उनले उक्त निर्णयप्रति आपत्ति जनाएका हुन्।

डा. केसीले आफ्ना चारबुँदे माग अघि सार्दै ती मागहरू पूरा गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारीहरूको भूमिकामाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र अयोग्य एवं स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न उनले माग गरेका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिले पूर्ण क्षमतामा सञ्चालन गरी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने बताउँदै डा. केसीले गत साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन्।

spot_img

ताजा समाचार