फ्रान्सको आन्दोलन पछाडि भारत, अमेरिका र बेलायती सञ्जालको हात रहेको खुलासा

प्रकाशित मिति:
spot_img

काठमाडौं । फ्रान्समा बढ्दो महँगी, जीवनयापनको उच्च लागत र शिक्षा क्षेत्रको कमजोर अवस्थाविरुद्ध चर्किएको विद्यार्थी आन्दोलन पछाडि भारत, अमेरिका र बेलायतसहितका बाह्य देशहरूको सङ्गठित सञ्जाल संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। फक्स न्युज डिजिटलको एक अनुसन्धानमूलक प्रतिवेदन अनुसार विद्यार्थी आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरबाट परिचालन तथा समर्थन गर्न ५० वटा सङ्गठनहरू सक्रिय देखिएका छन्, जसमा १५ वटा विद्यार्थी समूह र ३५ वटा कम्युनिस्ट, समाजवादी, श्रमिक युनियन तथा नागरिक अधिकार समूहहरू सामेल छन्।

प्रतिवेदनले फ्रान्समा आधारित ‘इन्डियन अलायन्स पेरिस’ जस्ता समूहहरूले सामाजिक सञ्जालमार्फत फ्रान्स र भारतका विद्यार्थी आन्दोलनलाई जोड्दै प्रचारप्रसार गरेको उल्लेख गरेको छ। यसैबीच, हिंसात्मक प्रदर्शनका क्रममा पेरिस र लिमोगेसका सरकारी भवन तथा पसलहरूमा आगजनी र तोडफोड भएपछि २,३०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने अमेरिकी विदेश मन्त्रालयका उपसचिव ज्याकब एस. हेलबर्गले सीमापार हिंसा भड्काउने ‘अतिवामपन्थी राजनीतिक आतङ्कवाद’ का आर्थिक तथा सञ्चालन संयन्त्रविरुद्ध कडा अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान गरेका छन्।

spot_img

ताजा समाचार