महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
करिब २ ग्राम ६२ मिलिग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउद र २७ वर्षीय रुपेश रानालाई पक्राउ गरेको हो।