सामुदायिक वनका उपभोक्ता अम्रेसोबाट कुचो बनाउँदै

कञ्चनपुर । कञ्चनपुरको ऐश्वर्या सामुदायिक वनका उपभोक्ता अम्रेसो खेतीतर्फ आकर्षित भएका छन । कृष्णपुर नगरपालिका १ पहरिया ऐश्वर्या सामुदायिक वनका उपभोक्ता अम्रेसो खेतीतर्फ आकर्षित भएका हुन ।

कुचो बनाएर आम्दानी गर्न थालेपछि उनीहरु सामुहिक तथा एकल रुपमा अम्रेसो खेतीतर्फ उन्मुख भएका छन । ऐश्वर्या सामुदायिक वनकी उपभोक्ताले आफ्नै निजी जमिन र सामुदायिक वनका स्थानीयले अम्रेसो खेती गरेको बताईन । ‘विगतमा हामी घर, आँगन सरसफाईका लागि बजारबाट अम्रेसोबाट उत्पादित कुचो किनेर ल्याउँथे, ‘उनले भनिन, ‘आजभोली आफै खेती गरेर कुचो बनाएर बेच्दै आएका छौँ

।’ कुचो बिक्रि गरेर घरसायी खर्च चलाएको उनले बताईन । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिवले सामुदायिक वन र स्थानीयले निजी रुपमा अम्रेसो खेती गरेको बताए । ‘हामीले अहिले समुदायिक वनमा ४० हेक्टरमा खेती गरेका छौँ, ‘उनले भने, ‘अम्रेसोबाट कुचो पनि बनाएर बेच्दै आएका छौँ ।’ डोरी र प्लाष्टिक दुई थरीका कुचो बनाएर बिक्रि गर्दै आएको कार्यालय सचिवले बताए ।

डोरीको पिँध राखेर बनेको प्रति कुचो मुल्य ५० रुपैया र प्लाष्टिकको पिँध राखेर बनाईएको प्रति कुचो ७० रुपैया बिक्रि वितरण गर्दै आएको सचिवले बताए । सचिवका अनुसार डोरीबाट कुचो उत्पादन गर्न प्रति कुचो १२ र प्लाष्टिकबाट उत्पादन गर्न प्रति कुचो ३० रुपैया लागत लाग्छ ।

‘हामीले सामुहिक तथा एकल रुपमा गाँउमा खेती गरेका छौँ, ‘कार्यालयले भने, ‘समुदायको खर्च समुदायमै प्रयोग गछौँ ।’ डेढ दशकदेखि अम्रेसोखेती गर्दै आएको कार्यालय सचिवले बताए । शुरुका बर्षहरुमा १० देखि २५ हजारको मात्रै कुचो बिक्रि भएपनि हाल २ लाख भन्दा बढिको बिक्रि भईरहेको बताए । ‘गत बर्ष हामीले २ लाख १८ हजारका कुचा बिक्रि गरेका छौँ, ‘उनले भने, ‘चालु बर्षमा चार लाखका बिक्रि गर्ने लक्ष्य छ ।

’ उत्पादित कुचो स्थानीय झलारी, महेन्द्रनगर, अत्तरिया, धनगढी बजारमा व्यवसायीले खरिद गरेर लैजाने गरेका छन । ‘पहिला सामुदायिक वनमा हामीले चरिचरन बन्द गरे,त्यसपछि तारबारखेती संरक्षणका काममा जुटे, वन हराभरा हुँदै गयो, वन संरक्षण भएपछि अम्रेसो खेती गर्न थाले, ‘उनले भने, ‘अहिले अम्रेसो खेतीबाट कुचो बनाएर एकातिर आम्दानी र अर्कातिर रोजगारी दिईरहेका छौँ ।’ ऐश्वर्या सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर बुढाले तराई भूपरिधी कार्यक्रम(ताल) मार्फत सहयोग पाएपछि सामुदायिक वनमा अम्रेसो खेती गर्न लागेको बताए । ‘यो अम्रेसो खेतीबाट एकातिर वन बन्यजन्तु संरक्षण भईरहेको छ, ‘उनले भने, ‘अर्कातिर उपभोक्ताको आम्दानी भईरहेको छ ।’

शुरुवाती चरणमा सामुदायिक वनका चार जनालाई अम्रेसोबाट कुचो बनाउने तालिम लिएसंगै आफुहरुले पनि डेढ दशकदेखि सामुदायिक वनकै कुचो उत्पादन गर्न लागेको बताए । ‘हामीले सामुदायिक वनमा अम्रेसो खेती गरेपछि स्थानी उपभोक्ता गाँउलेपनि घरमै अम्रेसो खेती गर्न लागेका छन ।

’ अम्रेसो खेती गरेपछि हात्तीको आहारा उत्पादन भएकाले ठुला बन्यजन्तु संरक्षण भईरहेको दावि छ । ‘कहिल्यै नआउने नदेखिने हात्ती अम्रेसो खेती गरेपछी आउँछन, लामो समय बसेर जान्छन । पात हात्तीको आहारा, फुलबाट कुचो बनाउँछौँ ।’ कञ्चनपुरका सहायक वन संरक्षण अधिकृतले सामुदायिक वनको प्रयासबाट समेत उपभोक्ताको आम्दानीका साथै वन, बन्यजन्तु संरक्षणका साथै मानव–बन्यजन्तुविचको द्वन्द्व समेत न्यूनिकरण हुने बताए । ‘मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरणका लागि थुप्रै प्रयास भएका छन । अझै सरोकारवाला रणनीति रुपमा अघि बढ्नुपर्छ ।’

ताजा समाचार