बगर पुर्नरुत्पादन भएपछि ‘सिस्ने’ क्षेत्र बन्यजन्तुको बासस्थान बन्दै

महेन्द्रनगर । कञ्चनपुरको उत्तरी चुरे क्षेत्र संरक्षणको अभावमा उजाड डाँडाकाँडा खोला नदीले कटानी गरेर बगरै बगर बनेको थिए । चुरे क्षेत्रमा डाँडैडाँडा र फेदमा नदी खोलाले कटानी गरेर वन बगरमा परिणत भएको थियो ।

वनको एक स्थानबाट हेर्दा अर्को स्थान सहज देखिन्थ्यो, विगतमा बस्ती समेत विस्थापित भएकाले बन्यजन्तुको आवागमन समेत बिरलै हुन्थ्यो । तर समुदाय नै संरक्षणमा जुटेपछि सिस्ने सिमसार क्षेत्र एकातिर संरक्षण र अर्कातिर बन्यजन्तुको आगमन बढिरहेको छ । चुरेसंगै जोडिएको कृष्णपुर नगरका दर्जनौँ सामुदायिक वन सिमसार क्षेत्र भएकाले बन्यजन्तुको बासस्थान बनिरहेको छ ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले ६ बर्ष अघि सामुदायिक वनमा चरिचरन बन्द गरेपछि बनहरा नदिले बगर बनाएको क्षेत्र हराभरा भएको बताए । ‘यहाँका सामुदायिक वनले सिस्ने क्षेत्र संरक्षणका लागि पहल गरेपछि वन संरक्षण भएकोछ, ‘उनले भने, ‘बनहरा नदीले बनाएको बगर समेत पुर्नरुत्पादन भएको छ ।’

अध्यक्ष पन्तका अनुसार जनहित माहाकाली, जगदम्बा, ग्वालावारी, विशाल, ऐश्वर्या, ग्याँस समौजी, जयलक्ष्मी सहितका सामुदायिक वनले जैविक विविधता संरक्षणका लागि प्रयास थालेपछि वन संरक्षण भएको र बगर समेत वनमा परिणत भएको बताए । ‘सिस्ने क्षेत्रका सबै सामुदायिक वनले पुर्ण चरिचरन बन्द गरेका छन, ‘अध्यक्ष पन्तले भने, ‘चोरी शिकारी नियन्त्रणका लागि पनि थुप्रै प्रयास भएका छन ।’ आहाराका लागि ६० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको अध्यक्ष पन्तले बताए ।

बगरमा समेत खयरसहितका बिरुवा पुर्नरुत्पादन भएका छन । ‘हामीले बनमारा नष्ट गरेर घाँसे मैदान व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रमा बन्यजन्तुका लागि आहारा, पानीको व्यवस्थापन गरेपछि ठुला तथा साना जनावरको बासस्थान बनिरहेको छ ।’ दक्षिणी लालझाडीदेखि चुरेसम्म वन संरक्षणका कामकाज अघि बढेपछि हात्तीको कोरिडोर समेत संरक्षण भएको बताए ।

‘यो हात्तीको जैविक मार्ग पनि हो, ‘उनले भने, ‘विगतमा वन सरक्षण भएको थिएन, ‘उनले भने, ‘वन समुदायमा गएपछी संरक्षणका योजना अघि बढेसंगै बन्यजन्तुको आगमन समेत भईहरेको छ ।’ ३ बर्ष अघि हात्तीले समेत बच्चा जन्माएको, चितुवा, बाघ सहितका बन्यजन्तुको आगमन विभिन्न प्रजातिका चराको सिस्ने क्षेत्र बन्यजन्तुको बासस्थान बन्दै गएको उनले बताए । अध्यक्ष पन्तले बनमा आश्रित विपन्न समुदायका लागि आत्मनिर्भरका कार्यक्रम संचालन गरेपछि दाउराका लागि चोरी तस्करी गर्न समेत स्थानीय वनमा अनाश्यक प्रवेस नगर्दा वन संरक्षण भएको उनले बताए ।

समौजी सामुदायिक वनका अध्यक्ष हजारी सिह भाटले तराई भूपरिधी कार्यक्रमबाट आर्थिक सहयोग पाएपछि घाँसे मैदान व्यवस्थापन, बन्यजन्तुका लागि खानेपानी प्रबन्ध गरिएको बताए । ‘हामीले बनमारा रहेको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘शुरुवाती चरणमा १० हेक्टरमा घाँसे मैदान बनाएका थियौँ, अहिले ६० हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन गरिएको र फेरपनि गरिरहेका छौँ ।

’ बन्यजन्तुका लागि आहारा व्यवस्थापन गरेसंगै बन्यजन्तुको आगमन बढेको अध्यक्ष भाटले बताए । ‘केही बर्ष अघि हाम्रै वनमा हात्तीले बच्चा समेत जन्माएको थियो, ‘उनले भने, ‘वन हराभरा भएपछि पछिल्ला बर्षहरुमा बन्यजन्तु गाँउ पस्दैनन ।’

कञ्चनपुरका सहायक वन संरक्षण अधिकृत दिनेश कुमार यादवले सामुदायिक वनको प्रयासबाट वन पर्यावरण संरक्षण भईरहेको बताए । उनले उपभोक्ताको आम्दानीका साथै वन, बन्यजन्तु संरक्षणका साथै मानव–बन्यजन्तुविचको द्वन्द्व समेत न्यूनिकरण हुने बताए । ‘मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरणका लागि थुप्रै प्रयास भएका छन, ‘उनले भने, ‘अझै सरोकारवाला रणनीति रुपमा अघि बढ्नुपर्छ ।’ लालझाडी मोहना संरक्षित वन सहितका सामुदायिक वन, चुरे निकुञ्जमा संरक्षणका कार्यक्तम बृद्धि भएसंगै वन्यजन्तुको समेत आवागमन भईरहेको छ ।

ताजा समाचार