सबैभन्दा धेरै घरजग्गा किनबेच भएका ६ ठाउँ

महेन्द्रनगर । पछिल्लो एक वर्षयतादेखि घरजग्गा कारोबार सुस्ताएको छ। अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले घरजग्गा कारोबार सुस्ताएको हो। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन(नियममा निर्देशित भएको छ।

स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्। बैंकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि घरजग्गा कारोबारमा प्रभाव पारेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई मंसिर २३ सम्ममा कृषि तथा गैर कृषि जग्गा छुट्याउन निर्देशन दिएको थियो। तर, हालसम्म ९० पालिकाबाट मात्रै जग्गा वर्गीकरण गरेको जानकारी आएको भूमि व्यवस्था तथा अभिलेख विभागले बताएको छ।

जग्गा कारोबार सुस्ताए पनि केही जिल्लाहरूमा भने किनबेच भइरहेको छ। तर यो संख्या गत वर्षको तुलनामा भने न्यून हो। घर जग्गा कारोबारको लागि सबैभन्दा बढी आकर्षण देखिएको जिल्ला मोरङ हो।

सो जिल्लामा चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि मंसिरसम्ममा एक हजार आठ सय २० संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष सोही अवधिमा चार हजार आठ सय ९७ संख्यामा घरजग्गा कारोबार भएको थियो। दोस्रोमा सबैभन्दा बढी कारोबार भएको जिल्ला हो–दाङ।

यो जिल्लामा साउनदेखि मंसिरसम्ममा एक हजार एक सय ६१ संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष सोही अवधिमा यो जिल्लाबाट गत वर्ष यो जिल्लामा एक हजार ६ सय ७० संख्यामा घरजग्गा कारोबार भएको थियो।

त्यस्तै, सुनसरीमा एक हजार छ सय १८ संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष तीन हजार पाँच सय ५२ संख्यामा घरजग्गा कारोबार भएको थियो।

बाँके पनि घरजग्गाको आकर्षक केन्द्रबिन्दु बनेको छ। यो जिल्लाबाट साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय ८२ संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष सोही अवधिमा दुई हजार चार सय ५४ संख्यामा कारोबार भएको थियो।

त्यस्तै, चितवनमा साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय आठ संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष सोही अवधिमा दुई हजार सात सय ९५ संख्यामा कारोबार भएको थियो।

झापामा साउनदेखि मंसिरसम्ममा एक हजार दुई सय ७१ संख्यामा घरजग्गा कारोबार भएको छ। गत वर्ष सोही अवधिमा तीन हजार नौ सय १७ संख्यामा घरजग्गा कारोबार भएको छ।

ताजा समाचार