रोजगारीका लागि भारत गएका डोटीका एकै परिवारका तीन जनाको मृत्यु

प्रकाशित मिति:

महेन्द्रनगर। रोजगारीका लागि भारत गएका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको छ।

डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको हो।

कोठामा कोइला ९रेलमा प्रयोग हुने० बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको छ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए। मृतकको घरमा दुई छोरी र एक छोरा रहेको आफन्तले बताए।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार