नगर प्रमुख बोगटीद्धारा भीम वाटिका निरिक्षण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिका(महेन्द्रनगर पार्क)को नगर प्रमुख पदम बोगटीले निरिक्षण गर्नु भएको छ ।

उचित व्यवस्थापनको अभावमा जिर्ण बन्दै गएको पार्कलाई हाल भीमदत्त नगरपालिकाले सिंगारन थालेको छ । पार्क सफा, स्वच्छ, रमणिय र केही हेर्न वा घुम्न लायकको हुनु पर्ने हो ।

यद्यपी भीम वाटिका(पार्क) उचित व्यवस्थापनको अभावमा युवाहरुको लागु पदार्थ सेवन एवम् अनैतिक क्रियाकलाप गर्ने हव बनिरहेको थियो ।

हाल भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएबाटै भीम वाटिकालाई सिंगारन थालिएको छ । पार्कभीत्र रंगरोगन, ठुला रुखहरु, झाडी, फोरोह सफाई, शौचालय तथा अन्य संरचना मर्मत, फूलबारी, घाँसे चौर बनाउने काम भइरहेको छ ।

सोमबार नगरप्रमुख बोगटीले पार्कभित्र भइहरेको मर्मत एवम् सिंगार्ने कामको निरिक्षण गर्दै निर्देशन समेत दिनुभएको छ । उक्त पार्क भीमदत्त नगरपालिका–१८ का वडासदस्य हेम बहादुर बस्नेतको सक्रियतामा मर्मत भइरहेको छ ।

‘पार्कभित्र सरसफाई संगै बच्चाबच्चीका लागि खेल्ने समाग्री राख्ने, २४ सै घण्टा पानीको फोहरा राख्ने, खानेपानीको प्रंबन्ध गर्ने, चौतारा बनाउने, ठुला रुखझाँडी सफाई गर्ने, फोहोरमैला केन्द्र एक निश्चित ठाँउमा बनाउने, अशोकका रुखहरुमा एकरुपता ल्याउने लगाएत रंगरोगनका काम भइरहेको छ ।’ वडासदस्य बस्नेतले भन्नुभयो ‘सो कामको आज नगर प्रमुख ज्यूले निरिक्षण गर्नभयो र केही सुझाव,सल्लाहा र निर्देशन समेत दिनु भएको छ ।’

उनकाअनुसार पार्कभित्रै रहेको सरस्वती मन्दिर, किसान नेता शहिद भीमदत्त पन्तको सालिक लगाएतका संरचना समेत सजावट गरिनेछ ।

ताजा समाचार