कञ्चनपुरको शुक्लाफाँटा -८ का वडा अध्यक्ष बहादुरसिंह महराले दिए राजीनामा

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष पदबाट बहादुरसिंह महराले राजीनामा दिएका छन्।

महराले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षबाट राजिनामा गर्ने घोषणा हिजो गरेता पनि शुक्रबार लिखित राजिनामा बुझाएका छन् ।

३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका हुन्।

वडा अध्यक्ष बहादुर महराले वडा अध्यक्ष पद र पार्टी कमिटी माओवादी केन्द्रबाट पनि राजिनामा दिदै नेकपा बहुमतमा समावेश भएको जनाएका छन् । म

हारालाई पार्टी नेकपा बहुमत पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी व्युरो ईन्चार्ज कमरेड महान र पार्टी जिल्ला कञ्चनपुर ईन्चार्जले स्वागत गराएको कञ्चनपुर पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले बताए ।

ताजा समाचार