आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।

आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।

ताजा समाचार