महेन्द्रनगर । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा लगभग ३०१ बर्षअघि राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
पुष २७ गते लाई नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ । इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पौष २७ गतेगते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो।
पृथ्वी नारायणशाह राजा भए पछि पूर्वमा टिस्टा देखि पश्चिममा चेपे नदी सम्म नेपालको सिमा विस्तार गर्न उनी सफल भएका थिए ।पृथ्वी नारायणशाह शेषपछि उनलाई उत्तराधिकरीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।