सन्दीप लामिछाने २० लाख रकम धरौटीमा भोलि रिहा हुने

प्रकाशित मिति:

महेन्द्रनगर । नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्।

बिहीबार उनिमाथी लागेको आरोपको सुनवाइमा उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

उनी २० लाख रकम धरौटीमा भोलि रिहा हुने भएका छन्।यद्यपि उनि धरौटीमा रिहा हुने भएता पनि विदेश जान नपाउने भएका छन्।

यसअघि जिल्ला अदालत काठमाडौले सन्दीपलाई थुनामै राखेर मुद्दामा थप कारबाही गर्न आदेश सुनाएको थियो। तर, सन्दीपले उक्त आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

आज सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार