कञ्चनपुरको महाकाली नदीमा बेपत्ता २१ वर्षीया कमला पाण्डे मृत फेला

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा बुधबारदेखि बेपत्ता भएकी २१ वर्षीया कमला पाण्डे बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी पाण्डे दोधारा चाँदनी नगरपालिका–१ स्थित चारलेन पुल क्षेत्रबाट बेपत्ता भएकी थिइन् । सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनको बुधबार दिउँसो करिब ४ बजेर २० मिनेट जाँदा पुल क्षेत्रमा झोला र मोबाइल फोन फेला परेको थियो ।

झोला र मोबाइल भेटिएपछि सुरक्षा निकायले तीव्र खोजी सुरु गरेको थियो । खोजीका क्रममा बिहीबार बेपत्ता भएको स्थानबाट करिब एक किलोमिटर तल नदीमा उनको शव फेला परेको हो ।

खोजी कार्यमा सशस्त्र प्रहरी बल देवीस्थानस्थित सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा छ जना गोताखोरसहित नौ जना र बीओपी भूमिराजटोलबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर विष्टको कमान्डमा सात जनाको टोली परिचालन गरिएको थियो ।

spot_img

ताजा समाचार