धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ। शुक्रबार साँझ करिब ७ बजेदेखि भएको आगलागी केही बेरअघि मात्र नियन्त्रणमा आएको हो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजारमा आगलागी भएको हो। बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरूले गर्दा केहीबेरअघि मात्र आगो पूर्ण नियन्त्रणमा आएको हो।
आगलागीबाट चार घर पूर्ण जलेका छन्।

आगलागीबाट हालसम्म मानवीय क्षति भएको छैन। आगलागीको कारण पनि खुल्न सकेको छैन।

काउली चोकको मासु पसलबाट बेलुकी आगलागी सुरु भएको बताइएको छ ।

spot_img

ताजा समाचार