कञ्चनपुरको अपांगता महिला बहुउद्देश्यीय सहकारी संस्था तथा नेपाल अपांग महिला संघको ८ औं वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको श्री अपांगता महिला बहुउद्देश्यीय सहकारी संस्था, तथा नेपाल अपांग महिला संघको ८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथिहरुमा बेदकोट नगरपालिका का उपप्रमुख श्री तुलसी जोशी ज्यू को प्रमुख़ आतिथ्यतामा र अध्यक्ष श्री अनिता ढुङ्गाना ज्यू को सभापतित्वता मा भव्यताका साथ सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा बेदकोट नगर कार्यपालिका सदस्य पार्वती विष्ट , महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापा, राष्ट्रिय दृष्टि विहीन सघ नेपालका अध्यक्ष बलराम पन्त लगायतका सहभागी भएका छन् ।

नेपाल अपांग महिला संघले विगत आठ वर्षदेखि कञ्चनपुर जिल्लाभरीका महिलाहरूको हक अधिकारका लागि काम गर्दै आएको यस संस्थाले थप अपाङ्गता भएका महिलाहरूको आर्थिक पदोउन्नतिका लागि बचत तथा ऋण लगानी गर्ने उद्देश्यले अपांगता महिला बहुउद्देश्यीय सहकारी संस्था तीन वर्ष अघि सञ्चालन मा आएको हो ।

उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट पार्वती भट्टको अध्यक्षतामा आगामी दुई वर्षका लागि ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा हिरा भट्ट, सचिवमा नन्दकली राना, सह सचिवमा पशुपति भट्ट र कोषाध्यक्षमा बुधनी चौधरी पशुपति भट्ट चयन भएका छन् । सदस्यमा कल्पना साउद, रामकुमारी चौधरी नवनिर्वाचित भएका छन् ।

ताजा समाचार