लिटिल बुद्धले जित्यो ७ औँ इन्टरनेशनल फुटबल कपको उपाधी

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीले ७ औँ इन्टरनेशनल फुटबल कपको उपाधि जितेको छ । मंगलबार महेन्द्रनगरको खुल्ला मञ्चमा भएको फाइनल खेलमा रेडियण्ट मावि लाई ३–० ले पराजित गर्दै लिटिल बुद्धले उपाधि जितेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिटिल बुद्धले खेलको दोस्रो हाफमा एक पेनाल्टी सहित २ गोल ग¥यो । उता रेडियण्ट मावि भने गोल फर्काउने प्रयासमा लागेको थियो ।

उपाधि जितेको लिटिल बुद्धले ५० हजार नगद सहित ट्रफी पुरस्कार पाएको छ । उप–विजेता रेडियण्ट माविले २५ हजार नगद सहित ट्रफी पुरुस्कार पाएको छ । इन्टरनेशनल पब्लिक स्कुलले आयोजना गरेको इन्टरनेशनल फुटबल कपमा जम्मा १२ विद्यालयका टिम सहभागि भएका थिए ।

सो फुटबल कपको समापन कार्यक्रमका प्रमुख अथिति भीमदत्त नगरपालिकाका नगर उप–प्रमुखले विजेता,उप–विजेता दुवै टिमलाई बधाई दिदैँ पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवाहरुलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताइन् ।

‘पछिल्लो समय प्राय युवहरु विभिन्न कुलतमा फस्दै गइरहनु भएको छ ।’ नगर उप–प्रमुख जोशीले भनिन् ‘बच्चाहरुलाई कुलतबाट बचाउन पनि यस्ता किसिमका खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु आवश्यक छ ।’

यस्तै उनले खेलकुदको विकासका लागि भीमदत्त नगरपालिका निरन्तर सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरिन् ।

इन्टरनेशनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेको अध्यक्षतामा सम्पन्न ७ औँ इन्टरनेशन फुटबल कप समापन कार्यक्रमा लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनी,इन्टरनेशन पब्लिक स्कुलका बोर्ड सदस्य गौराज लिम्बु , संचालक समितिका अध्यक्ष गणेश राज बोहरा , प्रीन्सिपल राजेन्द्र भट्ट, शिक्षक महेन्द्र बहादुर चन्द लगायत विभिन्न बिद्यालयका प्रधानाध्यापक , शिक्षक, खेलप्रेमी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा समाचार