बंगुरमा देखियो अफ्रिकन स्वाइन फिवर नाम गरेको नयाँ रोग

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बंगुरमा लाग्ने अति नै घातक अफ्रिकन स्वाइन फिवर नाम गरेको रोग देखापरेको छ ।

कार्तिक महिनामा कैलालीका बंगुरपालन किसानको बंगुरमा देखा परेको अफ्रिकन स्वाईन फिवर नाम गरेको अतिनै घातक रोग हाल आएर कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ४का किसानको बंगुरमा समेत देखापरेको पशु रोग अन्वेशण प्रयोगशाला त्रिपुरेश्वर बाट समेत उक्त रोगको पुष्टि भईसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पान शिंह ठगुन्नाले जानकारी दिएका छन् ।

अफ्रिकन स्वाईन फिवर रोगले धनगढिका बंगुर किसानका ठुलो संख्यामा बंगुरको मृत्यु भईसकेको ठगुन्नाको भनाई रहेको छ । यो रोग हावाको माध्यमबाट एक बाट अर्को ठाउँमा फैलीने भएकाले किसानहरुलाई बंगुर बचाउनको लागि समेत सबै बंगुर किसानहरुलाई भेटेरिनरी अस्पताल कञ्चनपुरले सुचना मार्फत हार्दीक अनुरोध गरेका छन् ।

पुर्वी नेपालका विभिन्न जिल्लामा फैलिरहेको यो रोगको निवारणको लागि कुनै किसिमको भेक्सीन समेत नभएको पशु चिकित्सक ठगुन्नाले बताए। भेटेरिनरी अस्पताल कञ्चनपुरले अफ्रिकन स्वाइन फिवर बाट बच्न जैविक सुरक्षाका विभिद उपाय अपनाउन समेत आग्रह गरेको छ ।बंगुर फार्म वरिपरि नियमित सरसफाई गरी चुन फर्मालिन,ब्चििङ पाउडर जस्ता रसायनको प्रयोग गरी फार्म निसंक्रमण गर्ने,बंगुर,सुगर बनेल फार्ममा थुनेर मात्र पाल्ने र केहि समय होटल रेष्टुराबाट निस्केको फोहोर खाने कुरा नखुवाउने,मरेको बंगुर सुगर बनेललाई गहिरो खाल्डो खनेर गाड्ने,बाहिर बाट ल्यायका बंगुर एकै चोटि फार्ममा मिसावट नगर्ने समेत भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केद्रले सुझाब दिएको छ ।

बंगुरमा महामारीको रुपमा फैलीरहेको अफ्रिकन स्वाईन फिवर रोगको दिनप्रतिदिन फैलिदै गईरहेको कारणले यो रोगको निवाकरणको लागि के गर्न सकिन्छ त भन्ने हेतुका साथ कञ्चनपुर जिल्लाका ९ वटै स्थानिय तहमा रहेका पशु साखा प्रमुख, केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशालाका धनगढिका प्रमुख नरेश जोशी,पशु क्वारिन्टीन कार्यालय गडा्चौकिका प्रमुख,तथा राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख लगाएत सम्बन्धीत सरोकारवाला निकायको उपस्थीतिमा भीमदत्त नगरपालिकाको सभाहलमा छलफल गरिएको थियो ।

ताजा समाचार