महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालीकामा दुई दिने स्वास्थ्य शिविरको आयोजना शुरु भएको छ ।आइतबारदेखि दोधाराचाँदनी नगरपालिका ६ दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा दुईदिने निशुल्क स्वास्थय निर्देशनालय डोटीको आयोजनामा विशेषज्ञ स्वास्थ्य सेवा सहितको स्वास्थ्य शिबिर शुरु भएको हो ।
सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास कार्यालय अन्तर्गतको स्वास्थय निर्देशनालयको आयोजना तथा दोधारा चादनी नगरपालिकाको सहयोगमा उक्त दुई दिने विषेसज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष एव दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतले प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।
सुदूरप्रदेश प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आथित्यमा शुरु भएको शिबिरमा प्रदेश सभा सदस्य रानाले बृहद प्रकृतिको स्वास्थ्य शिबिरबाट ग्रामिण भेगका नागरिकले लाभ लिने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि रहेको रहेका दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले शिबिरबाट नगरका जनताले विशेषज्ञ स्वास्थ्य सेवा पाउने बताए ।
दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष एव दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओम बस्नेतको सभापतित्वमा उद्घाटन भएको स्वास्थ्य शिबिरमा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।