महेन्द्रनगर। कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासा जोड्ने महाकाली नदीमाथिको शारदा ब्यारेजको पुल नखोल्दा नेपाली महिलाले चिसो रात गुजारेका छन्।
महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गर्ने उनीहरूलाई भन्सारको गेट बन्द भएको भन्दै भारतीय सुरक्षाकर्मीले शुक्रबार राति पुलमै रोकेपछि बिजोग भएको हो।
गेट नखुल्दा नेपाली महिला मजदुरले पुलमै चिसो रात काटेका थिए। शनिबार बिहान पुल खुलेसंगै उनीहरु नाका प्रवेश गरेका थिए।