फागुन ३ गते चर्चित गायक टंक तिमिल्सेना लगायतका राष्ट्रिय कलाकार आउदै

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुर पर्यटन महोत्सव जारी नै रहेको छ ।महोत्सवमा बुधबार गायक टंक तिमिल्सेना लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुल्ला मञ्चमा १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको छ ।

महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलहरु, कला संस्कृतिको प्रदर्शनीका साथै आज तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमेन्सेना,रुबिना अधिकारी,भुवन दाहाल लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ।

फाल्गुन १ गतेबाट संचालन भएको कंचनपुर पर्यटन महोत्सव १० गतेसम्म संचालन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो ।

spot_img

ताजा समाचार