भीमदत्त नगरपालिका स्तरीय १३ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी सिद्धनाथ अमर माविलाई

महेद्रनगर । भीमदत्त नगरपालिका स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ को उपाधि सिद्धनाथ अमर माध्यमिक विद्यालयले जितेको छ । महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै वडा नं. १० गड्डाचौकीस्थित सिद्धनाथ अमर माविले नगस्तरीय १३ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।

प्रतियोगितामा श्री पूर्णा माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । वडा नं.१७ ऐरी स्थित पूर्णा माविले ७ स्वर्ण, ७ रजत र ५ कास्यपदक जितेको छ । यस्तै लिटिल बुद्ध एकेडेमीले ५ स्वर्ण, १ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ । यद्यपी छात्रतर्फ भलिबलको फाइनल खेल हुन भने बाकीँ छ ।

भलिबलको फाइनल खेल भोली(विहिबार) सम्पन्न हुने भीमदत्त नगरपालिका स्तिरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड सचिवालय समितिका सदस्य दिवाकर जोशीले बताए । ‘समय अभावका कारण भलिबलको फाइनल खेल आज(बुधबार) सम्पन्न हुन सकेको छैन ।’ उनले भने ‘उक्त खेल जुनसुकै विद्यालयले जितेपनि समग्रमा प्रथम,द्धितिय,तृतीय स्थानमा असर पर्दैन ।’

तीन दिनसम्म सञ्चालन भएको प्रतितियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल,कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते,तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल खेलाइएको थियो । प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई जिल्लाको बेलौरीमा हुने जिल्लास्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुनेछन् ।

समापन कार्यक्रमका प्रमुख अथिति एवम् नगर प्रमुख पदम बोगटीले विजयी एवम् सहभागि खेलाडी,विद्यालयलाई बधाई दिदैँ पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवाहरुलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताए । ‘पछिल्लो समय युवहरु कुलतमा फस्दै गइरहनु भएको छ ।’ नगर प्रमुख बोगटीले भन ‘बच्चाहरुलाई कुलतबाट बचाउन पनि यस्ता किसिमका खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु आवश्यक छ ।’

यस्तै नगर प्रमुख बोगटीले केही सातापछि जिल्लाको बेलौरीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा लाग्न समेत खेलाडीहरुलाई निर्देशन दिएका छन् । भीमदत्त नगर खेलकुद समितिका अध्यक्ष सरद चन्दको अध्यक्षतामा सम्पन्न नगर स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा उपप्रमुख नीलम लेखक जोशी, लगाएत वडाध्यक्षहरु, वडासदस्यहरु,जिल्ला खेलकुद समितिका अध्यक्ष लगाएत विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगाएत विद्यार्थी खेलाडीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार