शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास सम्भव हुन्छःनगर प्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास र समृद्धि सम्भव रहेको बताउनु भएको छ ।

शुक्रवार इन्टरनेशनल पब्लिक स्कुलको २६ औँ वार्षिक उत्सव एवम् रजत जयन्ति समारोहमा बोल्दै नगर प्रमुख बोगटीले त्यसो भन्नु भएको हो ।

‘समुन्नतीको पहिलो आधार नै शिक्षा हो ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास,समृद्धि सम्भव छ ।’

उहाँले अगाडी भन्नुभयो ‘ उनले भने ‘त्यसैले सबै मिलेर शिक्षामा सुधार गर्नु पर्छ ।’ यस्तै उहाँले नगरपालिका क्षेत्रभित्र थुप्रै सरकारी तथा निजि विद्यालय भएको बताउदैँ प्रतिस्पर्धा भन्दापनि गुस्तरीय शिक्षा प्रदान गर्नुतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

यस्तै उहाँले भीमदत्त नगरपालिका नगरको शैक्षिक सुधारका लागि यहाँका निजि तथा सरकारी सबै विद्यालयहरुसंग सहकार्य एवम् सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ताजा समाचार