कञ्चनपुरको पुनर्वासमा चर्को ब्याजदरका विरुद्ध व्यवसायीहरू आन्दोलित

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको पुनर्वासका व्यवसायीहरू चर्को ब्याजदरका विरुद्ध आन्दोलित भएका छन् ।

शुक्रवार पुनर्वास उद्योग वाणिज्य संघको अगुवाइमा वर्तमान समयमा बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी गरेको साँवा रकमको चर्को ब्याजदरका विरुद्ध व्यवसायीहरूले आन्दोलन गरेको हो ।

सङ्घले पुनर्वासको आई.बी.आर.डी. बजार र प्रतिभा नगर टाउन बजारमा शान्तिपूर्ण ढङ्गबाट बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन प्रदर्शन गरेको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बताएका छन् ।

उनले सरोकारवालाहरुले समयमै ध्यान नदिए कडा आन्दोलनका कार्यक्रमहरु ल्याईने समेत बताएका छन् ।

ताजा समाचार