निलहिरा समाजका अध्यक्ष गुरुङ्ग विज्ञ समुह सदस्यमा मनोनित

महेन्द्रनगर । निलहिरा समाजका अध्यक्ष पिकी गुरुङ्ग महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विज्ञ समुहमा मनोनित भएकी छिन ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला ससक्तिकरण महाशाखा, महिला विकाश तथा लैंगिक मुलप्रहिकरण शाखाले गुरुङलाई विज्ञ समुह सदस्यमा मनोनित गरेको हो ।

मन्त्रीस्तरिय ८ फागुनको बैठकले गुरुङ्गलाई विज्ञ समुहको सदस्यमा मनोनित गरेको जनाएको छ । गुरुङ्ग लामो समयदेखि महिला बालबालिका एव यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका क्षेत्रमा अग्रसर रहदै निल हिरा समाज काठमाडौंमा केन्द्रिय अध्यक्ष समेत हुन।

ताजा समाचार