कञ्चनपुरमा बैंकको चर्को ब्याजदर बिरुद्ध व्यवसायीहरु आन्दोलित

महेन्द्रनगर ।कञ्चनपुर महेन्द्रनगरका व्यवसायीहरु बैंक तथा वित्तिय संघ संस्थाहरुको चर्को ब्याजदर बिरुद्धमा आन्दोलित भएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाईमा आज (सोमबार) बैंकको चर्को ब्याजदर बिरुद्ध महेन्द्रनगर बजारमा उद्योगी व्यवसायीहरुले बिरोध प्रर्दशन गरेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले वाणिज्य संघदेखि उद्योगी व्यवसायीले बजार हुँदै प्रशासनसम्म बिरोध प्रर्दशन गरेर ज्ञापन पत्र बुझाएको बताए ।

महासचिव बोहराका अनुसार प्रशासन मार्फत प्रधानमन्त्री कार्यालय सहित अर्थ मन्त्रालय, राष्ट्र बैंकमा ज्ञापन पत्र पठाईएको छ । महासचिव बोहराले कोरोना महामारीपछि सबैभन्दा बढि उद्योगी व्यवसायी मारमा परेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले ब्याजदर घटाउनुपर्नेदेखि व्यवहारिक नीति खारेजीको एजेण्डा अघि सारेर आन्दोलनमा उत्रिएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले पहिलो चरण अन्र्तंरगत १५ फागुनदेखि २० सम्म निरन्तर आन्दोलन हुने र त्यसपछि शसक्त रुपमा आन्दोलन गर्ने बताए ।

अध्यक्ष जोशीका अनुसार सोमबारदेखि बिहान ११बजेसम्म जिल्लाभरीका उद्योगी व्यवसायी बन्द गरेर बिरोध प्रर्दशनमा उत्रिएको बताए । ‘हामीले दैनिक सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर हडतालमा उत्रिन्छौँ, ‘उनले भने, ‘पहिलो दिन प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर सचेत गराउँछौँ ।’

१८ फागुनमा बैंकमा रकम जम्मा नगर्ने, भएको रकम फिर्ता गर्न लगाउने, २० फागुनमा संघको नेतृत्वमा सबै बस्तुगत संघ संस्थाहरुलाई तथा सम्बन्धीत पक्षलाई राखेर थप आन्दोलनका कार्यक्रम गर्ने गरिनेछन ।

कोरोना महामारीपछि उद्योगी व्यवसायी मारमा परेको भन्दै वर्तमान आर्थिक संकट समाधानका लागि राज्यले अभिभाबकत्व ग्रहण गर्नुपर्ने उनले सुझाव छ । आन्दोलनका कारण स्वयम उद्योगी व्यवसायी समेत मारमा परिरहेका छन ।

ताजा समाचार