महाकाली नदिको नदिजन्य पदार्थ व्यवस्थापनका विषयमा भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाविच छलफल

महेन्द्रनगर । महाकाली नदिको नदिजन्य पदार्थको व्यवस्थापनका विषयमा भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका बिच छलफल भएको छ ।

सोमवार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको सभाध्यक्षता तथा दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दुबै पालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी,गंगा जोशी, दुबै पालिकाका वडाध्यक्षहरु, कार्यालय प्रमुख लगाएतको उपस्थितिमा भीमदत्त नगरपालिकाको सभाहलमा बसेको बैठकमा महाकाली नदिको नदिजन्य पदार्थको व्यवस्थापनका विषयमा छलफल भएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

महाकाली नदिको संयुक्त रुपमा इआइए गर्ने र ठेक्का आह्वान गर्ने तथा स्रोतको बाडफाँडका विषयमा छलफल भएको नगरप्रवत्ता खड्काले बताए ।

बैठकमा दुबै पालिका(भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका) ले सयुक्त रुपमा महाकाली नदिको नदिजन्य पदार्थ व्यवस्थापन नगर्ने हो भने नदि उत्खनन् माफियाहरु तथा ठेकेदारहरुबाट राजश्व चुहावट,अवैद्य उत्खनन्को खतरा रहेकोले भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले संयुक्त रुपमा,सहमतीमा अगाडी बढ्नुपर्ने वक्ताहरुले सुझाव दिएका थिए ।

उक्त बैठकबाट नदिबाट उठ्ने जम्मा स्रोतको ५४ प्रतिशत भीमदत्त नगरपालिका र ४६ प्रतिशत दोधारा–चाँदनी नगरपालिकाले पाउने निर्णय गरिएको नगरप्रवक्ता खड्काले बताए ।

ताजा समाचार