बझाङमा बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

प्रकाशित मिति:

महेन्द्रनगर । बझाङमा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन्। बझाङको खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले आरोपित वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। आरोपित वृद्धलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भैरहेको उनले बताए।

फागुन १२ गते साँझ पाँच बजेतिर आफू धारामा गएको मौका छोपेर वृद्धले बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ। बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको प्रहरीले जनाएको छ। बालिकाकी आमा र बालिका अहिले सदरमुकाम चैनपुरस्थित अल्पकालीन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्। आरोपी बालिकाका हजुरबुवा नाता पर्छन्।

ताजा समाचार