भीमदत्त नगरपालिकाद्धारा नारी दिवसको अवसरमा निशुल्क पाठेघरको क्यान्सरको जाँच

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा निशुल्क पाठेघरको मुखको क्यान्सर चेकजाँच शिविर सञ्चालन गरेको छ ।

बुधवार भीमदत्त नगरपालिका–९ बह्मदेवमा विभिन्न गैरसरकारी संघसंस्थाको समन्वयमा भीमदत्त नगरपालिकाले नारी दिवस मनाएको हो ।

नारी दिवसको अवसरमा बह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालय देखी बह्मदेव बजार हुदैँ शहरी स्वास्थ्य केन्द्रको कार्यालयसम्म ¥याली गरिएको थियो । ¥याली कार्यक्रम विसर्जन गर्दै पाठेघरको मुखको क्यान्सरको जाँच लगाएत विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको पालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाले नगरको विकट क्षेत्रका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेकजाँच लगाएतका कार्यक्रम गरि नारी दिवस मनाइएको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले बताउनु भयो ।

‘नारी दिवसको अवसरमा मञ्चमा भाषण नगरी ¥याली गरेर स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ ।’ नगर उपप्रमुख जोशी भन्नुभयो ‘स्थानिय महिलाहरु समेत भाषणको कार्यक्रम नगरि स्वास्थ्य शिविरको कार्यक्रम गर्दा र निशुल्क स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुशी हुनु भएको छ ।’

यस्तै उहाँले महिलाको हक अधिकार तथा महिला हिंसाका विरुद्ध सबै महिला,अधिकारकर्मी तथा संघसंस्थाहरुले एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । ‘महिलाका हक अधिकारका लागि हामी सबै महिलाहरु आफ्नो पार्टीभन्दा,नाताभन्दा,स्वार्थभन्दा माथी उठेर एक जुटभएर लड्नु पर्छ ।’ उहाँले भन्नुभयो ।

ताजा समाचार