यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं। नेपाल विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले युएईलाई डिएल मेथडमा २ रनले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्य नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदा २६९ रन बनाउँदा डिएल मेथडको आधारका २ रनले जित निकालेर नेपाल विश्वकप छनोटमा पुगेको हो।

ताजा समाचार