कल्पना साउँद/महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका सिद्धनाथ मन्दिरमा भारतीय दर्शनार्थीहरुको घुइँचो बढेको छ ।
भारतको उत्तराखण्डमा लाग्ने पुर्णागिरी मेलाको चहलपहल बढ्दै गएको छ मेलाका कारण कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा अहिले निकै भिड बढे संगै यस क्षेत्रमा ब्यापार—व्यवसायमा समेत बृद्धि भएको छ ।
भारतको उत्तराखण्डमा रहेको शेरा वालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा लाग्ने ३ महिने धार्मिक मेलाको कञ्चनपुर जिल्लामा चहलपहल वढेको हो ।
मेला संचालनमा आए संगै कञ्चनपुरको महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकी तथा सिमावर्ति नेपाली बजारमा दर्शनार्थिको घुईचो बढेको छ भने ब्यापारमा बृद्धि भएको छ ।
पूर्णागिरी मन्दिरको दर्शन पछि सिद्धबाबा मन्दिरको समेत अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता र विश्वासका कारण दर्शनार्थिहरु महेन्द्रनगर र ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने हुंदा यस क्षेत्रमा निकै चहलपहल बढेको र भारत तथा नेपालका दैनीक हजारौको संख्यामा दर्शनार्थिहरु अउने गरेको सिद्धबाबा मन्दिर संरक्षण समितिका महासचिव पुष्कर राज उप्रेतीले बताएका छन् ।
सामान्यतया फागुन पुर्णिमा देखिनै सुरु भएको यो धार्मिक मेला चैत्र महिनाको प्रतिपदा तिथि देखी जेठ अन्तिम सातासम्म भव्य रुपमा चल्ने गर्दछ । पुर्णागिरी माता दर्शन गरे पश्चात नेपालमा रहेका प्राचिन शिद्धवावा मन्दिरहरुमा दर्शन गरेपछि मनोकामना पुरा हुने विश्वासका कारण आफुहरुको अनिवार्य शिद्धबाबा मन्दिरको दर्शान गर्न आउने भारतिय दर्शनार्थिहरुले वताएका छन ।
दैनिक दसौं हजार भारतीय तथा नेपाली तिर्थयात्रीहरुका कारण यस क्षेत्रमा चहलपहल निकै बढेको छ । । पूर्णागिरी मेलाका कारण सदरमुकाम लगायत सिमावर्ती बजार, यातायात तथा यहांका होटेल व्यवसायमा अघि पछि भन्दा आर्थिक कारोबार दोब्बर बृद्धि हुने ब्यवसायी बताउंछन् ।
सिद्धबाबा मन्दिर संरक्षण समितिका अनुसार यस धार्मिक मेलामा भारत उत्तर प्रदेश, उत्तराखण्ड तथा कञ्चनपुरको छिमकी जिल्ला कैलाली डडेल्धुरा ,दाङ लगायत मेलामा दैनिक १५ देखि २० हजार तीर्थालु आउने गर्दछन् ।
उक्त मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।
भारतीय दर्शनार्थिहरुले नेपाली बजारबाट भेल्वेट कपडा, टर्चलाईट, बच्चाका खेलौना, ईलेक्ट्रोनिक सामानहरु लगायत नेपाली र चिनियां कम्पनिका सामानहरु लैजाने स्थानिय व्यापारी बताउंछन ।
यस धार्मिक मेलामा आउने तिर्थालु भक्तजनहरुका लागी स्थानिय प्रशासन ले शौचालय, पिउने पानी, विश्रामस्थल लगायतका सुविधा दिन नसकेको फोहोर व्यवस्थापन मा पनि स्थानिय निकाय र मन्दिर व्यवस्थापन समितिको ध्यान आकर्षण नभएको व्यापारी लगायत दर्शनार्थीहरुको गुनासो रहेको देखिन्छ
दर्शनार्थीहरुको लागि सके सम्म व्यवस्थापन भयो भने थप धार्मिक पर्यटनको विकास हुने र स्थानिय व्यापार व्यवसायमा समेत निकै टेवा पुग्ने देखिन्छ ।