महिला अधिकार नारा जुलुस कार्यक्रममै सिमित

कल्पना साउद/कञ्चनपुर। मार्च ८ मा हरेक वर्ष झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा मनाइयो । विडम्बना भनौं या सरोकारवाला निकाएको कम्जोरी खासै उपलब्धि मुलक नदेखिने नारी दिवस नारा, जुलुस र कार्यक्रममा मात्र सीमित हुने गरेको छ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा नारी दिवस वर्षैपिच्छे विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाइदै आएकोछ ।

सामाजिक व्यवहारमा भने महिला अधिकार कायम नभएको महसुस महिलामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार, बालविवाह, बहुविवाह, बोक्सीको आरोप, कुटपिट, छाउपडी, जस्ता कुप्रथा अनि बेचबिखन जस्ता अमानविय व्यवहारले स्पष्ट बोध गराएको छ।

पछिल्लो समय विभिन्न निकायले विविध कार्यक्रम आयोजना गर्दै नारी दिवस मनाउछन। यसैले स्थानीय निकायले पनि विविध कार्यक्रम मनाउने गरेका छन। कञ्चनपुरका विभिन्न पालिकाहरुले पनि नारी दिवस मनाएका छन।

भीमदत्त नगरपालिकाले आयोजना गरेको कार्यक्रम खासै अन्तर केही थिएन, कार्यक्रममा विभिन्न संघसंस्थामा संलग्न रहेका महिला, विपन्न पिछडीएका महिला, अपाङ्ग जनजाति एकल महिला लगायतका महिलालाई एकिकृत गरेर नाराजुलुस लगाएर नाराजुलुस मै सिमित रहयो ।

दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको कार्यक्रम नी अरु जस्तै रहयो, नारी दिवसको अवसरमा जनचेतनामूलक र्याली तथा विविध जनचेतनामूलक सांस्कृतिक कार्यक्रम मै सिमित रहयो ।

पुनर्वास नगरपालिकाले भने महिलाहरुलाई एकिकृत गरेर आँखा शिविर र रक्त दान कार्यक्रम आयोजना गरी फरक तरिकाले नारी दिवस मनायो ।
बेतकोट नगरपालिकाले आयोजना गरेको नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा महिलाको सवालमा काम गरिरहेका १७ जना महिलाहरुलाई सम्मान गर्नुका साथै समुदायको संस्कृति झल्किने खालको कार्यक्रम रहयो ।

कृष्णपुर नगरपालिकाले पनि अरु पालिका जस्तै नारी दिवसको अवसरमा खासै तात्विक अन्तर केही थिएन, कार्यक्रममा विभिन्न संघसंस्थामा संलग्न रहेका महिलालाई एकिकृत गरेर नाराजुलुस लगाएर सांस्कृतिक कार्यक्रम मै सिमित रहयो ।

बेलौरी नगरपालिकाले पनि अरु पालिका जस्तै नारी दिवसको अवसरमा विभिन्न संघसंस्थामा संलग्न रहेका महिलालाई एकिकृत गरेर नाराजुलुस र हक अधिकारको बारेमा छलफल कार्यक्रममै सिमित परेको थियो।

बेल्डाँडी गाउँपालिकाले आयोजना गरेको नारी दिवसकाे अवसरमा ५ वटै वडाका ४० जना भन्दा बढि वृद्व आमाहरूलाई सम्मानका साथ विभिन्न संघसंस्थामा संलग्न रहेका महिला, विपन्न पिछडीएका महिला, अपाङ्ग जनजाति एकल महिला लगायतका महिलालाई एकिकृत गरेर जनचेतनामूलक नाराजुलुस र्याली तथा सांस्कृतिक कार्यक्रम मै सीमित रहेको थियो ।

लालझाडी गाउपलिकाले आयोजना गरेको नारी दिवसकाे अवसरमा वडाका सम्पूर्ण महिलाहरुलाई एकिकृत गरेर नाराजुलुस र्याली लगाएर महिलाहरुको अधिकार बारे वक्तित्वकला प्रतियोगिता कार्यक्रम रहेको थियो ।

शुक्लाफाँट नगरपालिकाको कार्यक्रम गरे नगरेको बुझ्न खोज्दा उक्त पालिकाका प्रवक्ताले कार्यक्रमको बारेमा कुनै पनि जानकारी दिनचाहेन्।

स्थानीय निकायले जती कार्यक्रम गरेता पनि चुलो चौका बाहिर बस्ने महिलाको सहभागिता नै बढी हुने भएकोले अझै पनि घरको काममै सीमित जसले कुनै न कुनै हिंसा व्यहोरेको हुन्छन् ती महिलाहरुसम्म भने पुग्ने गरेको देखिएन।

यतिका स्थानीय निकायले गरेका जति पनि कार्यक्रम छन् जसमा संघसंस्थामा आबद्ध रहेका सीमित महिलाहरुलाई मात्र कार्यक्रममा उपस्थिति गराएको देखिन्छ जसले गर्दा ग्रामीण क्षेत्रका गृहिणी महिलाहरु कार्यक्रममा समावेश भएको कमै देखिन्छ जसले गर्दा अझै पनि अधिकांस महिलाहरु महिला अधिकार बारे अनविज्ञ देखिन्छन् । उनीहरूलाई नारी दिवस के हो, र किन मनाइन्छ भन्ने, कुरा अझै पनि बुझ्न सकेका छैनन् ।

यसरी नारी दिवस मनाई रहदा महिलाहरुमाथि हुने विभेद उत्पीडन र हिंसा बाट कुनै पनि ठाँउमा सुरक्षित छैनन् । कानुन फितलो कार्यान्वयनका कारण कयौ महिलाहरु गुम्सिएर बस्न बाध्य छन्, र आवाज उठाउन सकिरहेका छैनन् । जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो ।

नारी दिवसको अवसरमा विभिन्न किसिमका कार्यक्रममा मिठा-मिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गरी कार्यक्रम गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन ।

यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषहरुलाई सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कारबाही हुनुपर्छ, र हरेक महिलालाई शिक्षित बनाउनु पर्छ ।

यसरी महिला र पुरुष समान रुपमा बाँच्न पाउनु पर्दछ र महिला पुरुषको समान सहभागिता सहित सद्भाव र समान अवसर उपभोग गर्न पाउनु पर्छ अनि मात्र अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको औचित्य रहनेछ ।

ताजा समाचार