कञ्चनपुर । अन्नको भण्डार पश्चिम तराई क्षेत्रको कञ्चनपुर जिल्लामा यतिखेर गहुँबाली काट्न सुरु भएको छ । चैत गर्मीको प्रवाह नगरी यहाँका किसानलाई अहिले आफ्नो खेतको गहुँ भित्र्याउने चटारो रहेको छ । यहाँका किसान दिउँसो चर्को घामले गर्दा बिहान र साँझ तिर हातमा हसियाँ समातेर गहुँ काट्न खेततिर लाग्छन् ।
भीमदत्त नगरपालिका – (२) आदर्श टोल बस्ने करन कठायत भन्छन्,‘अरू वर्षभन्दा यसपालि बाली राम्रो छ ।’ उनका अनुसार यो वर्षको हिउँदमा वर्षा भएकाले पनि गहुँमा दाना पनि भरिएका छन्, भने गहुँका दाना ठूला पनि छन्, यसपालिको गहुँ मा राम्रै आम्दानी हुने छ। केही दिन अगाडि आएको वर्षाले किसानहरुलाई चिन्तित बनाएको थियो । चैत दोस्रो सातादेखि नै गहुँ काट्न सुरु भएको हो
कन्चनपुर कृषि ज्ञान केन्द्रका अधिकृत आशिष पाठकका अनुसार कुल नेपालमा उत्पादकत्व २१ लाख २७ हजार २ सय ७६ मेट्रिक टन पुगेको छ । जस मध्ये कञ्चनपुरमा ३१ हजार २ सय १० क्षेत्रमा ९९ हजार ९ सय ९५ गहुँ उत्पादन हुने गरेको छ ।
यहाँका किसानले कृषिमा कृषि यान्त्रीकरणको प्रयोग गर्न थालेपछि उत्पादकत्वमा वृद्धि हुन थालेको कृषि विभागका अधिकृतको भनाइ रहेको छ ।