गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

चितवन । चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदान सरकारले बनाउने भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको स्वामित्वमा रहनेगरी क्रिकेट मैदानको निर्माण सम्पन्न गरिने घोषणा गरेका हुन्।

यसअघि उक्त मैदान निर्माणको जिम्मा धुर्मुस-सुन्तली फाउन्डेसनले लिएको थियो। तर, विभिन्न विवाद र आरोप-प्रत्यारोपका बीच पछिल्लो समय रंगशाला निर्माणको काम अलपत्र परेको थियो।

प्रधानमन्त्री दाहालले दुई साता अघि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण बारे सरकारले छिट्टै निर्णय लिने भरोषा दिलाएका थिए।

ताजा समाचार