महाकालीको रोयल्टीमा अनियमितता भएको गुनासो आएपछि नगरउप्रमुख लेखकद्धारा स्थलगत अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक नीलम लेखक जोशीले महाकाली नदिको रोयल्टी संकलन स्थलको स्थलगत अनुगम गरेकी छन् ।

महाकाली नदिको रोयल्टी संकलन गर्ने कर्मचारीले अनियमितता तथा राजश्व छलि गरेको गुनासो आएपछि शुक्रवार नगर उप्रमुख जोशी नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर उपप्रमख जोशीले कर्मचारीहरुलाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिएकी छन् ।

महाकाली नदिकोे रोयल्टी संकलनमा कर्मचारीले नगरपालिकाको छाप विनाकै रसिद दिएर राजश्व छलि गरिरहेको भन्दै भीमदत्त नगरपालिका–११,१२ र १३ का स्थानियले विहिवार नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र प्राप्तभएपछि वास्तविकता के रहेछ भनेर बुझदा रसिदमा छाप लगाउन छुटेको यद्यपी राजश्व छलि भने नभएकोे पाइएको भीमदत्त नगरपालिकाका राजश्व शाखा प्रमुख विक्रम भण्डारीले बताए ।

‘हिजो (शुक्रवार) महाकाली नदिको रोयल्टी संकलन गर्दा कर्मचारीले नगरपालिकाको छाप नलगाई दिएको र राजश्व छलि भइरहेको भन्दै नगरपालिकामा स्थानियले ज्ञापन पत्र पेश गरेपछि,हामीले वास्तविकता बुझदा एकै पटक धेरै गाडी आएपछि हतारमा केही रसिदमा छाप लगाउन छुट्यो तर राजश्व छलि भने भएको छैन ।’ उनले भने ‘छाप लगाउन छुटेको रसिद नम्बर र सो रसिदको अधकट्टी मिलेको छ ।’

उनकानुसार कार्यालयको छाप बिना पनि राजस्व संकलन गर्न पाइन्छ । छाप भन्दापनि रसिदको अधकट्टी महत्वपूर्ण हो । नगरपालिकाले दिएको ठेलीको रसिदको अधकट्टी भएपछि सो रसिदको रकम नगरपालिकामानै जम्मा हुन्छ कसैले हिनामिना गर्न सक्दैन ।

ताजा समाचार