नेपाल नेत्रज्योति संघको नयाँ कार्यसमिति चयन, सभापतिमा पुनः पन्त

महेन्द्रनगर । नेपाल नेत्रज्योति संघको सभापतिमा पुनः डा. भोज राज पन्त नव निर्वाचित भएका छन् ।

कञ्चनपुर जिल्ला शाखाको नेपाल नेत्रज्योति संघको आज (शनिबार) भएको दोस्रो अधिवेशन सम्पन्न पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिमा सभापतिमा पुनः डा. भोज राज पन्त चयन भएका छन् भने त्यसै गरी उपसभापतिमा टेक राज भारती, सचिव वसन्त राज पाण्डेय, कोषाध्यक्ष दयाकृण जोशी, सहसचिव दीपक राज चालिसे, सहकोषाध्यक्ष अशोक प्रसाद पाण्डेय, सदस्यमा अशोक विक्रम जैरू, सुरेश सिंह भण्डारी, अनिता पन्त, मिना पाठक, भुवन प्रसाद बोहरा, त्रिभुवन कुमार भट्ट, गणेश राज बोहरा नवनिर्वाचित भएका छन् ।

ताजा समाचार