भीनपाका उपप्रमुख लेखकले आफ्नो छोराको जन्मदिन र चैतेलोको अवसरमा खुवाइन वृद्धाआश्रका वृद्धवृद्धाहरुलाई भोजन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले वृद्धाआश्रमका वृद्धवृद्धाहरुलाई भोजन खुवाएकी छन् । शनिवार वेदकोट नगरपालिका वडा नम्बर ७ स्थित वैजनाथधाम जेष्ठ नागरीक सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरुलाई उपप्रमुख जोशीले आफ्नो छोरा बबि जोशीको जन्मदिन र चैतेलोको अवसरपारी भोजन खुवाएकी हुन् ।

वृद्धवृद्धाहरुलाई छोराको जन्नमदिन र सुदूरपश्चिममा मनाइने चैतेलोको अवसर पारी भोजन खुवाएको नगर उपप्रमुख लेखकले बताइन् । उनकानुसार बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकका पत्नी यसोदा लेखक, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापा लगाएतका दिदिबहिनीहरुले समेत चैतेलोको अवसरमा वृद्धवृद्धाहरुलाई भोजन तथा फलफुल खुवाएका छन् ।

महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष थापाले यो समयमा सुदूरपश्चिमको संस्कृति अनुरुप मनाईने चैतेलोमा सबै दिदिबहिनहिरुलाई मिठा परिकार खुवाउने चलन रहेको अवस्थामा हामी दिदिबहिनीहरुले वृद्धआश्रमका वृद्धवृद्धा आमा,बुवालाई भेटेर उहाँहरुलाई खुशी बनाउने उदेश्यले यो उहाँहरुलाई एक दिन भएपनि मिठो खाना खुवाएका हौ ।

ताजा समाचार