कञ्चनपुर । बैतडीको पाटन नगरपालिका -८ झौलेकमा जिप दुर्घटना भएको छ ।
झुलाघाटबाट बझाङको बागथला तर्फ सवार से १ ज ७६४ नम्बरको जिप मंगलबार राती ११ बजे पाटन नगरपालिकामा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जनाले हाम फालेर ज्यान जोगाएका छन । गाडी चालक फरार रहेको र खोजी कार्य भईरहेको बैतडी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका ५ बाँझका ४५ वर्षीय बिर्ख धामी,३५ वर्षीय गोरख बोहरा, ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ४५ वर्षीय मान बहादुर धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु भएकाहरु सबै एकै गाउँका हुन्
। जिपमा चालक सहित १२ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।