एनएनबी बैंक सुदूरपश्चिमद्धारा धनगढीमा हेरिटेज वाक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशस्थित एनएनबी बैंकका विभिन्न शाखाले विश्वसम्पदा दिवसको अवसरमा सरसफाई तथा विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिवार एनएनबी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख श्याम अधिकारीको नेतृत्वमा विश्वसम्पदा दिवसको अवसर पारेर धनगढी बजार क्षेत्र तथा शिवपुरी धाम लगाएतका मन्दिरहरुमा सरसफाई तथा डस्टविन वितरण गर्नुका साथै सम्पदा संरक्षणका लागी सचेतनामुलक पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) गरिएको एनएनबी बैक वरिष्ठ क्षेत्रीय म्यानेजर रमेशराज भट्टले बताए ।

‘बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी सरको नेतृत्वमा विभिन्न शाखाहरुका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा विश्व धनगढी बजार क्षेत्र तथा शिवपुरी धाम लगाएतका मन्दिरमा सरसफाई र डस्टविन वितरण गरिएको हो ।’ उनले भने ‘यस्तै विश्व सम्पदाको संरक्षणका लागी विभिन्न सचेतनामुलक ब्यानर,पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) समेत गरका छौँ ।’ एनएनबी बैंक सुदूरपश्चिम प्रमुख अधिकारीकाअनुसार एनएनबी बैंकले कैलालीको धनगढी लगाएत देशैभरी विभिन्न कार्यक्रम गरेर विश्व सम्पदा दिवस मनाएको छ ।

‘नेपाललाई विश्व सामु चिनाई राख्नको निम्ति सम्पदाहरूको संरक्षण तथा संबर्धन गर्नु आवश्यक छ ।’ उनले भने ‘त्यसैले एनएनबी बैंकले प्रत्यक वर्ष सम्पदा संरक्षणका लागी विभिन्न सचेतना कार्यक्रम गर्दै आइरहेको छ, यी यस्ता कार्यक्रमले हाम्रा कला,संस्कृति तथा सम्पदा संरक्षणमा केही मद्दत मिल्नेछ भन्ने विश्वास लिएका छौ ।’ उक्त कार्यक्रममा विभिन्न शाखाका प्रमुख,कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । एनएनबी बैंकले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

Advertisementspot_img

ताजा समाचार