कञ्चनपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा एक जना कोरोना सङ्क्रमीतको मृत्यु भएको छ । आईतवार बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पताल भिमदत्त नगरपालिका १८ की ७३ वर्षीय वृद्धाको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाईएको छ । ती वृद्धा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित थिईन् ।

जिल्लामा अहिले पनि ६ जना सक्रिय संक्रमित रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा ४ जना र भीमदत्त र कृष्णपुरमा एक जनामा कोरोना सक्रिय संक्रमित रहेका छन् ।

ताजा समाचार