वडामै पुगेर अपाङगता परिचय पत्र वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडामै पुगेर अपाङगता परिचय पत्र वितरण गरेको छ ।

मंगलवार युरोपियन युनियनको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया महासंघको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा वडा नं. १२, १३, १४ र १६ का अपाङगता भएका व्यक्तिलाई नगर उपप्रमुख नीलम लेखक जोशीले वडामै पुगेर अपाङगता परिचय पत्र विचरण गर्नुभएको हो ।

‘अपाङगता भएका व्यक्तिलाई सहज होस् भन्ने उद्देश्यले वडामै पुगेर अपाङगता परिचय पत्र वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो ‘आज ९ जनालाई परिचयपत्र वितरण गरेका छौ र ९ जनाको कागजात नपुगेकोले अस्पतालको रिपोर्ट ल्याउन आग्रह गरेका छौ ।’

ताजा समाचार