महेन्द्रनगर। बेलौरी नगरपालिका-८ पचुइ बाघको आक्रमणमा बेपत्ता भएकी ४२ वर्षीया गङ्गा चन्दको शव फेला परेको छ ।
निकुञ्जका प्राविधिक टाेलिले हात्तिकाे साहाराले बाघलाई नियन्त्रण गरी बेलडाँडी रेन्जर पाेष्टमा लगिएकाे छ । नियन्त्रण गर्दा बेहाेस पारी नियन्त्रण गरिएकाे हाे ।
बेलाैरी नगरपालिका-८ पचुई खप्टि पुल नजिक शुक्रबार घाँस काट्ने क्रममा बाघले दिनमै महिला माथि आक्रमण गरेको थियो ।संगै गएका महिलाले भागेर ज्यान जोगाएका हुन। उनीहरूले खबर गरेपछि बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीय जुटेका थिए।
बाघको आक्रमणमा बेपत्ता महिलाको शव भेटियो
